ऋणीको घर कब्जा र बलात्कार गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । ५ लाख ऋण तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरेर पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले ललितपुरको थेचोबाट सूर्जमान मालीलाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

उनलाई अदालत हाजिर गराएर थप अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ । मालीबाट पटकपटक दुर्व्यवहार र यातना पाएपछि पीडितले आत्महत्या गर्ने प्रयास समेत गरेकी थिइन् ।