राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको जिकिर गर्दै गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले भने, ‘गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौं ।’
साथै उनले सरकारले संसदलाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन्। ‘भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ। केही राम्रा संकेत पनि देखिएका छन्। तर ती पर्याप्त छैनन्,’ उनले भने।
सरकारको मूल्यांकन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए।
सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरे।