कास्की । बाढिमा फसेका ४ जनाको सकुशल उद्वार गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका-१३ काहुँखोला साझा स्थित बिजयपुरखोलामा फसेका ४ जनाको शनिबार राती सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढिमा सोही ठाउँ बस्ने २३ वर्षिय प्रेम सुनार, ४० वर्षिय सुदिप गुरुङ्ग, २८ वर्षिय अर्जुन वि.क र १९ वर्षिय क्षितिज नेपाली फसेका थिए ।
घटनाको बारेमा जानकारी पाउनासाथ नं.२४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरुको सकुशल उद्वार गरेको हो ।