एक क्वीन्टल सुन प्रकरण: टोखास्थित एक फ्याक्ट्रीमा छापा मार्दा भेटियाे सुन गाल्ने मेशिन र रसायन

दियो पोस्ट  

काठमाडौँ । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ । टोखा गेट नजिक रहेको सो कारखानामा तस्करी गर्ने समूहले चीनबाट ल्याएको सुन ‘रिफ्रेमिङ’ गर्ने गरेका थिए ।

आइतबार सशस्त्र प्रहरी बलको सहयोगमा राजस्व अनुसन्धान विभागको टोलीले सामाखुसीबाट दावा छिरिङको बयानको आधारमा सो कारखाना भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।

‘ब्रेक प्याड’मा ल्याएको सुन कारोबारीहरूले अर्कै स्वरूपमा रिप्याक गरेर भारत पठाउने गरेको अनुसन्धान अधिकृतहरूको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

टोखा स्थित कारखानामा सुन गाल्ने मेशिन र पगाल्ने रसायन भेटिएको छ । ‘प्रिफ्याब’को सो कारखानामा राजस्वले सिल गरेको छ ।