काठमाडौं । विभिन्न ठाँउबाट लुटपाट गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका–१६ बस्ने २६ वर्षीय बिशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका–६ बस्ने २९ वर्षीय उमेशराय यादब र माहादेबपुर नगरपालिका–६ बस्ने ८ वर्षीय बालक रहेका छन् । सोही नगरपालिका–८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा सिक्री थुति भाग्ने क्रममा स्थानीयले अभियुक्त मध्येका बिशाललाई नियन्त्रणमा लिएका थिए । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो ।
यसैगरी धनुषाको लक्ष्मिनिया गाउँपालिका–५ भंगाहा बस्ने ५० वर्षीया महिलाको सुनको मंगलसुत्र लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी भीतामोड बस्ने २५ वर्षीया पुजा महर्जन रहेकी छिन् । लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित मोहरम मेलामा महर्जनले महिलाको मंगलसुत्र तान्ने क्रममा प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरी टोलीलेले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।