रुपन्देहीमा प्रहरीलाई दर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

रुपन्देही । रुपन्देहीमा प्रहरीलाई दर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सियारी गाउँपालिका–७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जित बहादुर थारु रहेका छन् । सोही गाउँपालिकामा अमुवास्थित जनता माध्यमिक विद्यालय अमुवा रुपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाईलो मेलामा उनीहरु दुवै जना झगडा गरेका थिए । सोही झगडामा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोली माथि नै दुर्व्यवहार गरेकोले उनीहरुलाई आइतबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीलेथप अनुसन्धान गरिरहेको छ ।

सिफारिस