छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–६ स्थित सडकमा प्र।१(०२(०४३ प ८४७४ नम्बरको
मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय पुकार केसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सुनसरीको हरिनगरा गाउँपालिका–४ स्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय बच्चालाल मेहता रहेका छन । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य केन्द्र हरिनगरामा हुँदै गोल्डेन अस्पताल बिराटनगरमा थप उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो ।

साथै मोरङको धनपालथान गाउँपालिका–४ मलिक टोलस्थित सडकमा बीआर–९००८५४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–२ बस्ने ३५ वर्षीय सिताराम मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस