पोखरीमा डुबेर २ जना बालिकाको मृत्यु

दियो पोस्ट  

महोत्तरी । पोखरीमा डुबेर २ जना बालिकाको मृत्यु भएका छन् । महात्तरीको सोनमा गाउँपालिका–५ खैयरवनीस्थित पोखरीमा डुबेर शनिबार दिउँसो २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सर्लाही गोडैता नगरपालिका–९ बस्ने महेश मल्लीकी छोरी ५ वर्षीया चंचला कुमारी मल्ली र भारत सितामढी बथनाहा बस्ने रामभजन मल्लीको छोरी ४ वर्षीया अर्चना कुमारी मल्ली रहेका छन् । अर्चना र चञ्चला दुवैजना आमासँग मामाघर खैरबनीमा लाग्ने गेरुका मेला हेर्न आएका शनिबार दिउँसोदेखि हराएका थिए । दुवै बालिकाको रामविनय यादवको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । उक्त पोखरीमा नुहाउने क्रममा पानीमुनि हिलोमा गाडिँदा मृत्यु भएको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।