रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

रसुवा । रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको आमाछोदिङ्‍मो गाउँपालिका–१ हाकुस्थित माथिल्लो त्रिशुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ स्थित जलविद्युतिय १ (२१६) आयोजनामा  काम गर्ने उदयपुर गढी गाउँपालिका–७ घर भएको ३२ वर्षीय भोज बहादुर खड्का रहेका छन् । सोहीस्थान अन्तर्गत पर्ने ड्‍याम साईडको सुरुङभित्र विद्युतको काम गर्ने क्रममा एक्‍कासि करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्टार अस्पताल नुवाकोटमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हाे ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।