लावारिस अवस्थामा एक जनाको शव फेला

दियो पोस्ट  

सोलुखुम्बु । सोलुखुम्बुमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको सोताङ गाउँपालिका–२ चेपेल बस्ने करमान राईको छोरा २७ वर्षीय बिजय राई रहेका छन् । माप्यदुधकोशी गाउँपालिका–७ (गाई खर्क) स्थानमा शनिबार मृत अवस्थामा उनको  शव फेला परेका हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।