सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

सर्लाही । सर्लाहीमा चटयाङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बलरा नगरपालिका–१ हथियौल बस्ने ४५ वर्षीय अर्जुन पटेल रहेका छन् । सोही ठाउँस्थित खेतको चौरीमा भैसी चराउँदै गरेको अवस्थामा अचानक चटयाङ उनको लागेर घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।