छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ मैनाबरबाट लागूऔषध डाईजेपाम, फेनारगन, उफिन ९.९ एम्पुल्स, सिरिन्ज ३३ वटा र नगद ९० हजार २ सय ३० रूपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल सोही ठाँउ डेरा गरी बस्ने कंचन गाउँपालिका–४ रुद्रपुर घर भएकी ४० वर्षीया सूर्य कुमारी बिक रहेकी छिन् । उनले अवैध लागूऔषधको कारोबार गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट जितगढिकिल्लाबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित आईतबार बिहान पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम र २२ हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल उपमहानगरपालिका–१३ मैनाबगर बस्ने ३५ वर्षीय अबयुद्ध सुनुवार र सोही उपमहानगरपालिका–३ पुलचोक बस्ने २७ वर्षीय अजय श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टालीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित आइतबार दिउँसो पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस