बाँकेमा १७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

बाँके । बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कोहलपुर नगरपालिका–११ बस्ने मुगु सोरू गाउँपालिका–३ घर भएका २० वर्षीय डिलेन्द्र शाही रहेका छन् । शाहीले ती किशोरीलाई गत जेठ ११ गते बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।