बाँके । बाँकेमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्लाको राप्तिसोनारी गाउँपालिका–६ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा सोही गाउँपालिका–६ हप्रहवा बस्ने दल बहादुर बुढामगरको छोरा ३ वर्षीय श्री एमसि बुढामगर रहेका छन् । सोही ठाँउस्थित आफ्नै घर अगाडि सडक छेउमा हिँडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगन्ज बाँकेमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।