काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ३ जनाको शव फेला परेको छ । ईलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुस्थित मुन लाईट होटलको कोठामा लावारिस अवस्थामा एक जनाको शव फेला परेको हाे । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ घर भई सोही उपमहानगरपालिकाका सवारी चालक ५० वर्षीय संञ्जु लोप्चन तामाङ रहेका छन् । अन्य ८ जना कर्मचारीसँग ना.४ ख ७४८३ नम्बरको गाडीमा भ्रमणको क्रममा उक्त होटलमा खाना खाई सुतेका उनी बिहान मृत फेला परेका हुन् ।
काठमाडौं महानगरपालिका–११ स्थित त्रिपुरेश्वरमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय राजेश बाबा नामले बोलाउने व्यक्ति रहेका छन् । सोही ठाँउ स्थित काल मोचन घाट नजिक रहेको प्रतिक्षालयमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी गुल्मीको मुसिकोट नगरपालिका–७ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा जिल्लाको बागलुङ गलकोट नगरपालिका–२ घर भएका ४९ वर्षीय प्रेम लाल रहेका छन् । सोही ठाँउको बसेरीस्थित खरवारीमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।