भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

भोजपुर । भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको षडानन्द नगरपालिका–१ स्थित चिर्खुवा हाईड्रोमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा सोही ठाँउ काम गर्ने सर्लाही लालबन्दी नगरपालिका –३ जब्दी बस्ने १७ वर्षीय सुशान्त चौधरी रहेका छन् ।

हाईड्रोमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी दिङलामा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।