पौडी खेल्ने क्रममा नदिको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्वार

दियो पोस्ट  

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ खिलाङ्ग स्थित सेती नदिको बिच भागमा अड्किएका व्यक्तिको सशस्त्र प्रहरीले सोमबार सकुशल उद्वार गरेको छ ।

सुर्खेत घर भएका हाल सोही ठाउँ बस्ने २१ वर्षिय तेज बहादुर घर्तीमगर पौडी खेल्ने क्रममा नदिको बिच भागमा अड्किएको भन्ने खबर प्राप्त हुनसाथ नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली खटिई उनको सकुशल उद्वार गरेको हो ।

अहिले उनकाे अवस्था सामान्य रहेकाे छ ।