
कास्की । कास्कीको पोखरा महानगरपालिका–१८ स्थित साराङकोटमा पहिरोमा परी क्षती भएको दुई घरको सामान सुरक्षित स्थानमा सारिएको छ ।
सोही ठाउँ बस्ने ४७ वर्षिय सुन्दर श्याम अधिकारी र ५० वर्षिय मैत कुमारी हमालको घरमा वर्षाको कारण पहिरो गई क्षती पुगेको थियो ।
घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुडाँ, फर्निचरका लगायतका सामान न. २४ कालिका गण कास्कीबाट खटिएको सशस्त्र प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा सुरक्षित स्थानमा सारेको हो ।
