झापामा १७ वर्षीया किशारी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

झापा । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कनकाई नगरपालिका–९ बस्ने २३ वर्षीय प्रवास राजवंशी रहेका छन् ।

राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।