छुट्टाछुट्टै ठाउँमा डुबेर चार जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै ठाउँमा डुबेर चार जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका(१ सुन्दरीजलस्थित बागमती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१४ कलंकी घर भएका २७ वर्षीय सागर खड्का रहेका छन् । खोलामा बोल बमको जल लिन जाने क्रममा डुबेर अशक्त भएका उनको उद्दार गरी नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका–२९ सैनिक बस्तीस्थित गडुवा खोलामा डुबेर एक जनाको मृत्यु भएकोछ । मृत्यु हनेमा सोही महानगरपालिका–२९ खल्याङ बस्ने ५५ वर्षीया तुलसी भट्टराई रहेका छन् । खोलामा डुबेर अशक्त भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।

साथै सप्तरीको बोदेबर्साईन नगरपालिका–३ सारसरस्थित २ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका–१ धनगढी बस्ने विध्यानन्द साहको छोरी ८ वर्षीया किरण साह र सोही नगरपालिका–६ फुलकाही बस्ने धनराज साहको छोरी ८ वर्षीया शिवानी साह रहेका छन् । सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो उनीहरूको मृत्यु भएको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।