सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

सिरहा । सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाकोनवराजपुर गाउँपालिका–५ बस्ने ६५ वर्षीय देवनरायण यादवको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाइरहेको अवस्थामा मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि भारतको ललमनियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।