छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषधसहित १३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ परेका छन् ।  कैलालीका विभिन्न ३ ठाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा  धनगढी उपमहानगरपालिका–२ बस्ने २७ वर्षीय योगेश कुँवर, सोही उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय कुनाल खड्का र धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल जोशिपुर गाउँपालिका–६ सिमरी बस्ने १९ वर्षीय अर्जुन बडायक सोही ठाउँको टिकापुर नगरपालिका–७ बस्ने २० वर्षीय राम सुरेश चौधरी रहेका छन् । कुँवर र खड्कालाई करिब ३ सय ५० मिलिग्राम, बडायकलाई करिब ३ सय ,चौधरीलाई करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित  भजनी नगरपालिका–५ कव्वाखेडा घाटबाट प्रहरी टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

यसैगरी झापाको दमक नगरपालिका–५ नारायण गोपाल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाँउ डेरा गरी बस्ने गौरादह नगरपालिका–५ घर भएका २७ वर्षीय सरोज सुब्बसहित ३ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हाे ।

यसैगरी मेचीनगर नगरपालिका–६ स्थित मेची पुल छेउबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ बस्ने २० वर्षीय महममताज अली रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको हाे ।

साथै सर्लाहीको बागमती नगरपालिका–११ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका–८ बस्ने ४० वर्षीय रामानन्द साहसहित २ जना रहेका छन् । प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले प्रदेश ३–०१–०२२ च ६५१५ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित कारमा सवार उनीहरूलाई आइतबार साँझ पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ चम्मन चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–७ सिगलपट्टी बस्ने २४ वर्षीय बिकास बिक रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरीया, इलाका प्रहरी कार्यालय रैकवार र अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरीयाबाट खटिएको संयुक्त टोलीले से.५ प ७९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित आइतबार राति पक्राउ गरेको हो ।

साथै कपिलवस्तुको मायादेवी गाउँपालिका–४ तुल्सिडिहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमाजिल्लाको वाणगंगा नगरपालिका–१ बैरिया बस्ने ३१ वर्षीय बिबेक थारुसहित २ जना रहेका छन् । प्रहरी चौकी तुल्सीपुर बलुहवाबाट खटिएको प्रहरीले लु.७७ प १६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित आइतबार राति पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।