मोरङमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

दियो पोस्ट  

मोरङ । मोरङमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पथरी शनिश्चरे नगरपालिका–३ विकास टोलबाट १ थान कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ३२ वर्षीय राज कुमार तुम्बापो रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा उक्त पेस्तोल फेला पारी आइतबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।