काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । जिल्लाको टोखा नगरपालिका–९ मिलन टोलस्थित राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापासहित १२ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५ सय भारतीय रूपैयाँसहित उनीहरुलाई आइतबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।