सुन तस्करी प्रकरण : एमालेको उच्चस्तरीय समितिको अडान कायमै, संसद स्थगित

दियो पोस्ट  

काठमाडौं । प्रमुख दलहरुबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि सोमबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

१० साउनमा नेकपा एमालेले सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरोध गरेको थियो । त्यतिबेला सभामुख देवराज घिमिरेले सोमबारका लागि बैठक तोकेका थिए ।

संसदको अवरोध खोल्ने विषयमा सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता पनि भएको थियो ।

TATA ADD