सहकारी ठगी प्रकरण: जीबी राईसहित ८५६ जना अझै फरार

दियोपोस्ट संवाददाता

सहकारी ठगी प्रकरणमा अहिले छानिबन भइरहेको छ । यसैबीच अहिलेसम्म सहकारी ठगी प्रकरणमा मुछिएका २९४ जना मात्रै पक्राउ परेका छन् । उक्त ठगी प्रकरणमा मुछिएका ८५६ जना फरार रहेको शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा प्रहरीले जनाएको छ ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआईबी र अपराध अनुसन्धान विभागका अधिकारीहरुले यस्तो बताएका हुन ।
जसअनुसार सहकारीसँग सम्बन्धित भएर, ५ हजार ३ सय वटा उजुरी अनुसन्धान गर्ने यी निकायहरुमा दर्ता भएका छन् । यो क्रम जारी रहेको, ९८ वटा उजुरीमा अनुसन्धान गरेर मुद्दा दर्ता भईसकेको र जम्माजम्मी अहिलेसम्म ५५ हजार ४१० जना पीडितहरुले उजुरी दर्ता गरिसकेका छन् ।
पीडितहरुले माग दावी गरेको खासगरी प्रहरीले अनुसन्धान चलाएको र मुद्दा चलाएको विषयहरुमा बढीमा ठगीसँग सम्बन्धित विषय रहेको र त्यसमा ११ अर्ब ६६ करोड ४७ लाख बिगो दाबी छ ।

सबैभन्दा बढी काठमाडौंमा ४० वटा सहकारी र पीडितहरुको सख्या पनि ५ हजार ६४८ उजुरीहरुको विश्लेषण गर्दा ११५० जना प्रतिवादीहरु मध्ये २९४ जना पक्राउमा परेको र अनुसन्धानको दायरामा रहेको अनि ८५६ जना फरार छन् ।
जसमध्ये केही व्यक्तिलाई डिफयूजन र रेडकर्नर नोटिसको प्रक्रियामा अघि बढेर रेडकर्नर नोटिस पनि जारी गरिएको छ ।

यस्तै गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको, सुप्रिम सहकारीबाट १० करोड ९९ लाख तथा अरु विभिन्न कम्पनी गोर्खा मिडिया कम्पनीमा १० करोड ९९ लाख, यही कम्पनीसँग आवद्ध रहेको अन्य १० वटा कम्पनीमा ५२ करोड रकम प्रवाह भएको अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित खबर

सिफारिस