
तस्बिर: नेपाल फोटो लाइब्रेरी
काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आजबाट चल्न थालेको छ । झण्डै दुई दिन सर्भर डाउन भएपछि रोकिएको काम सुरू भएको छ ।
दुईदिनपछि चलेको सर्भरका कारण यातायात कार्यालयमा सेवाग्राहीहरुको बाक्लो भीड छ । ठूलो भर्याड्ंग यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ । दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो । केन्द्रीय सर्भर डाउन भएसँगै देशभरका यातायात कार्यालयहरुको काम प्रभावित बनेका थिए
सर्भरमा समस्या आएपछि बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिलालगायतका काम ठप्प भएका थिए ।





