जहाज दुर्घटनामा मृत्यु भएका विदेशी नागरिकबाहेक १७ जनाको शव आफन्तले बुझे

दियोपोस्ट संवाददाता

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १७ जनाको शव परिवारले बुझेको छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले १८ मध्ये १७ जनाको शव परिवार तथा आफन्तले बुझेको बताएका हुन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा जहाज दुर्घटनाबारे जानकारी गराउँदै उनले यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि नेपालमा दूतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको बताए।

जहाज दुर्घटनामा गम्भीर घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य उपचार भइरहेको उनको भनाइ छ।

साथै शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाईन्सले व्यहोरेको पनि उनले बताए।

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै सौर्यको जहाज दुर्घटना भएको थियो। १७ जना नेपाली र एक विदेशीको दुर्घटनामा मृत्यु भएको थियो।

सम्बन्धित खबर