भोटेकोशीमा आएको बाढीमा ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

दियोपोस्ट संवाददाता

काठमाडौँ । मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् ।  बाढीमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक सम्पर्क बिहिन भएका हुन् ।

नाकामा रहेको भन्सार यार्डमा फसेका केही व्यक्तिको उद्धार गरिएको तर चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै रसुवागढीमा एकाएक आएको बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाएको छ । यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको प्रहरीको भनाइ छ ।

नदीमा पानीको बहाव भएकाले स्थानीय नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।