
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा बिवाद चुलिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अघि पार्टीको विधानविपरीत सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरी रोशन कार्कीलाई नयाँ अध्यक्ष नियुक्त गरेको भन्दै राप्रपामा बिवाद सुरु भएको हो ।
सोही बिषयमा छलफल गर्न ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक रहेका नवराज सुवेदीसहितको समुह आइतबार निर्वाचन आयोग पुगेको छ । निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वर्तमान महामन्त्री धवलशम्शेर राणा, अनुशासन समितिबाट हटाइएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलगायतका नेता अहिले आयोग पुगेर छलफलमा छन्।
शनिबार भएको छुट्टै भेलाले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो।
उनीहरूले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रूपमा संगठन चलाएको आरोप लगाएका छन् ।
यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ । राप्रपाको विधानअनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर हटाउनु पर्ने व्यवस्था छ । त्यसैले यो अवैधानिक भएको इतर समूहको आरोप छ ।
पार्टी भित्रको सामान्य बिवादलाई लिएर निर्वाचन आयोग जानु पार्टी फुटको संघारमा पुगेको बिश्लेषहरु बताउँछन् ।