काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले सकृय राजनीतिमा आउनका लागि बिभिन्न राजनीतिक पार्टीका नेताहरुसंग भेटवार्ता गरिरहेकी छन् । शुक्रबार बिहान भण्डारीले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासंग भेटवार्ता गरेकी हुन् ।
फरक पार्टीका नेतासंग गरिएको भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ । शुक्रबार बिहान नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न विद्या निवास भंगाल पुगेका थिए । करिब एक घण्टा भएको संवादमा विद्याले आफू राजनीतिमा आएको बताएकी थिइन् ।
त्यका लागि उनले नेता शेखरको साथको अपेक्षा राखेकी थिइन् । कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए ।
भेटका क्रममा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको भएको थियो । सो अवसरमा नेता कोइरालाले आफू भ्रष्टाचारविरुद्ध लडिरहेको भन्दै केपी ओली नेतृत्वको सरकारको कामकारबाहीलाई लिएर आम जनतामा असन्तुष्टी छाएको बताएका थिए ।
भेट वार्ताका क्रममा नेता कोइरालाले बेथिति, भ्रष्टाचार र कुशासनका विरुद्धमा आवाज उठाउन बिद्यालाई आग्रह गरेका थिए ।
नेता कोइरालाले बिहिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।