भारतलाई पराजित गर्दै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

दियो पोस्ट  

काठमाडौँ, असार २५ । न्यूजिल्याण्ड आइसीसी एकदिवसिय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेकोे छ । बुधबार भारतविरुद्ध १९ रनको जित निकाल्दै न्युजिल्याण्ड फाइनल पुगेको हो ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ४० रनको लक्ष्य पछ्याउँने क्रममा भारतले ४९ ओभर ३ बल खेलेर सबै विकेट गुमाउँदै २ सय २१ रनमात्र बनाएपछि भारतको फाइनल यात्रामा बे्रक लागेको हो । निकै आशा गरिएका खेलाडी रोहित शर्मा र विराट कोहोली शुरुवाती बलिङमै पवेलियन फर्केपछि दवाबमा परेको भारत न्युजिल्याण्डको आक्रमक बलिङमा निरिह बन्यो ।

ओपनर रोहित शर्मा एक ओभर ३ बल खेल्दै एक रन बनाएर आउट हुँदा कप्तान विराट कोहली तेस्रो ओभरको अन्तिममा पवेलियन फर्के । त्यसपछि क्रमैसंग अर्का ओपनर केएल राहुल पनि धेरै समय क्रिजमा टिक्न सकेनन् ।

भारतका लागि रविन्द्र जदेजाले सर्वाधिक रन बनाए । उनले ५९ बलमा ४ चौका र ४ छक्का हान्दै ७७ रन बनाए । त्यसपछि महेन्द्रसिंह धोनीले अर्धसतक प्रहार गरे । हार्दिक पाण्डेय र रिशव पन्तले ३२ रन बनाउँदा दिनेश कार्तिकले ६ रनमात्र बनाए ।

शुरुवातदेखि नै आक्रमक बलिङ गरेको न्युजिल्याण्डको तर्फबाट म्याट हेनरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ट्रेन्ट बाउल्ट र मिचेल सान्टनरले दुइदुई विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको छ ।

न्यूजिल्याण्डको शुरुवाती खेल निकै संघर्षपुण रहेको थियो । खेलको ४ ओभर सक्किँदा समेत न्युजिल्याण्डले २ रन मात्र बनाएको थियो । शुरुवाती ब्याट्सम्यान मार्टिन गुप्तिल एक रनमै आउट भए । उनि जस्प्रित बुमराहको बलिङमा विराट कोहलीले क्याच गरेपछि पवेलियन फर्केका हुन् ।

न्यूजिल्याण्डका लागि सर्वाधिक रन रोस टेलरले बनाए । उनले ९० बलमा ३ चौका र छक्कासहित ७४ रन बनाए । कप्तान केन विलियमसनले ६७ रन बनाएर पवेलियन फर्के । उनलाई पवेलियन फर्काउन उजबेन्द्र चाहलको बलिङमा रबिन्द्र जदेजाले क्याच गरेका थिए । अन्य खेलाडीहरुमा हेनरी निकोलसले २८ रन बनाए भने कोलिन दे ग्रेन्दोमले १६ रन बनाए ।

न्युजिल्याण्डको जित संगै भारतको फाइनल पुग्ने सपना चकनाचुर भएको छ । समुह चरणदेखि नै अविजित भारतले सेमिफाइनलमा आइपुगेर पहिलो हार ब्यहोरेको हो ।

न्युजिल्याण्डले इंग्ल्याण्ड र अस्ट्रेलियाको विजेतासंग उपाधीको लागि खेल्ने छ । यसअघिको विश्वकपमा अस्ट्रेलिया विजेता बन्दा न्युजिल्याण्ड उपविजेता बनेको थियो । अस्ट्रेलियाले अहिले सम्म पाँच पटक विश्वकपको उपाधी उचालिसकेको छ भने न्युजिल्याण्ड दोस्रो पटक फाइनलमा पुगेको हो ।