अस्ट्रेलियाद्धारा इंग्ल्याण्डसामु २ सय २४ रनको लक्ष्य प्रस्तुत

अस्ट्रेलियाद्धारा इंग्ल्याण्डसामु २ सय २४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, असार २६ । एकदिवसिय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इंग्ल्याण्डसामु २ सय २४ रनको लक्ष्य प्रस्तुत छ । टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ४९ ओभर खेलेर सबै विकेट गुमाउँदै २ सय २३ रनमात्र बनाएको छ ।

अस्ट्रेलियका कप्तान एरोन फिञ्च र अर्का विस्फोटक ब्याट्सम्यान डेविड वार्नर शुरुवातमै आउट भएपछि अस्ट्रेलिया निकै दवाबमा खेलेको थियो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले खेलको पारि सम्हालेका थिए । उनले १ सय १९ बलमा ६ चौकाको सहायतामा ८५ रन बनाएका थिए ।

दुई उत्कृष्ठ खेलाडी आउट भएपछि स्टिभ स्मिथ र एलेक्स केरीले आशालाग्दो साझेदारी गदै १ सय ३ रन बनाए । एलेक्स केरीले ब्यक्तिगत ४६ रन बनाए । उनको विकेटपछि मैदान प्रवेश गरेका मार्कस स्टोइन्स शून्य रनमा आउट भएपछि अस्ट्रेलियन टोली निकै दवाबमा परेको थियो । उत्कृष्ठ ब्याट्सम्यानहरु धमाधम आउट भएपछि टोलीले ग्लेन म्याक्सवेलसंग केही आशा गरेको थियो । शुरुवातमा निकै विस्फोटक ब्याटिङ गरेका म्याक्सवेल पनि २२ रन बनाएर आउट भए । त्यसपछि मिचेल स्टार्कले २९ रनको योगदान गर्दै अस्ट्रेलियालाई २ सय २३ रनसम्म पुर्याएका हुन् ।

इंग्ल्याण्डले आजको खेलमा निकै आक्रमक बलिङ र रक्षात्मक फिल्डिङ गरेको छ । बलर एदिल रसिद र क्रिस ओक्सले समान तीनतीन विकेट लिए । त्यस्तै जोफ्रा आर्चरले २ विकेट लिएभने मार्क वुडले १ विकेट लिए ।

आजको खेलको विजेताले न्युजिल्याण्डसंग उपाधीका लागि खेल्नेछ ।

Trending News