पाना क्याफेले मृगौला पीडितको सहयोगार्थ सांगितिक कार्यक्रम गर्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ । दुबै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा रहेका अर्घाखाँची जिल्ला मालरानी गाउँपालिका वडा नं. १, रानिचौरका १७ वर्षिय प्रकाश बिकको उपचारका लागि सहयोग स्वरुप पाना क्याफे अनामनगरले सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो शुक्रबार बेलुकी ६ वजेदेखि गायन तथा वाद्यवादन सहित कलाकारहरुको जमघटमा कार्यक्रम गर्न लागिएको क्याफे परिवारले जनाएको छ ।

मृगौला पीडित प्रकाश बि.क. आर्थिक अभावका कारण उपचारको खोजीमा एक वर्षदेखि राजधानीमा छन् । तर, उपचार नपाएर छटपटाएका बि.क.लाई पाना क्याफेले आफ्नै पहलमा सांगितिक कार्यक्रमद्वारा आर्थिक संकलन गरि सहयोग गर्ने बताइएको छ । मानवीय सहायतामा समर्पित पाना क्याफेले बिगतदेखि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

शुक्रबारको सांगितिक कार्यक्रममा उपस्थित भई प्रकाश बि.क.लाई सहयोग गर्न चाहाने इच्छुक महानुभावहरुलाई पाना क्याफेको पेज लाईक गरि इनबक्स मार्फत आफ्नो नाम टिपाउनका लागि क्याफेले अपिल गरेको छ ।

यो पनि पढ्नुहोस


जोतेर हुर्काएको छोराको दुवै मृगौला फेल, भन्छन्,‘पैसा नहुने हामी गरिबलाई किन ठूलो रोग लाग्छ ?’

सम्बन्धित खबर

सिफारिस