काठमाडौँ, असार १७ । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । ६६ बर्षीया छन्त्यालको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौँमा निधन भएको हो ।
नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापती द्रोण कुँवरका अनुसार उनि मुटुको समस्याबाट पीडित थिईन् । बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।
उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस कुँवरले जानकारी दिए ।