बाँस्कोटाको घरमा बम विस्फोट गर्ने विप्लवका भक्तपुर जिल्ला सेक्रेटरी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १७ । पुर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराउने मुख्य योजनाकार पक्राउ परेका छन् । विस्फोटपछि फरार रहेका फरार रहेका मुख्य योजनाकार ने.क.पा (विप्लव समुह) भक्तपुर जिल्लाका सेक्रेटरी ऐनबहादुर शाही भन्ने विजय शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।

शाहीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले असार १५ गते पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ ।

गत फागुन २८ गते बिहानको समयमा मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली, मनहरा नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट भएको थियो ।

सम्बन्धित खबर

सिफारिस