काठमाडौँ, असार १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफु चारैतिरबाट धरापममा परेपछि पार्टीकै अन्य नेताहरुसँग गुहार मागेका छन् । मंगलबारको स्थायी समिति वैठकमा प्रचण्डसँग भएको चर्काचर्कीपश्चात सहयोगका लागि बुधबार उनले पार्टीकै अन्य शीर्ष नेताहरुलाई सहयोग गर्न आह्वान गर्दै छलफलका लागि बोलाएका थिए ।
मंगलबारको स्थायी समिति बैठकमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, वामदेव गौतम लगायत अन्य १८ जना सदस्यहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न माग गरेपछि उनि धरापमा परेका हुन् ।
स्थायी समितिमै अल्पमतमा परेका ओलीले आफुलाई सहयोग गर्नका लागि आफ्नो गुटमा रहेका र अन्य नेताहरुलाई समेत आग्रह गरेका छन् । सोही बिषयमा छलफलका लागि भन्दै बुधबार बिहान ओलीले पार्टीका अन्य नेताहरुलाई बालुवाटार बोलाएका हुन् ।
छलफलमा पूर्व माओवादीका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि सहभागी थिए । छलफलमा प्रधानमन्त्री ओलीले आफूलाई साह्रै अपमानित गर्ने काम भएको भन्दै सहयोग गर्न नेताहरुलाई आग्रह गरेका थिए । आफूलाई सबैतिरबाट आक्रमण भएको भन्दै ओलीले नेताहरुसँग सहयोग मागे ।
बैठकमा बादल, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल बोलेका थिएनन् । अरुले भने पार्टी एकता जोगाउने मूल्यमा मात्र सहयोग गर्न सक्ने बताएका छन् ।