
काठमाडौँ, असार १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति वैठक स्थगित भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको स्थायी समिति वैठक ५ जना नेताले धारणा राखेपछि स्थगित भएको हो ।
बुधबार निधन भएकी काँग्रेस सांद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक ब्यक्त गर्न जानुपर्ने कारणले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
स्थायी समितिको आजको वैठकमा लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए । अर्को बैठक भोली बिहान ११ बजे बस्नेछ ।