
काठमाडौँ, असार १७ । काठमाडौँको टोखा नगरपालिकामा पनि सलह किरा देखिएको छ । मंगलबार काठमाडौँमा देखिएको सलह बुधबार बिहान टोखा नगरपालिकामा पनि भेटिएपछि सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले बुधबार बिहान विज्ञप्ती जारी गर्दै खेतबारीमा थाल, टिन, मादल, लाण्डस्पिकर र अन्य आवाज निस्कने साधन बजाएर सलह भगाउन आग्रह समेत गरेको छ ।
त्यस्तै खेतबारीमा आगो बालेर धुवाँ निकाल्ने, खेतको दुई छेउमा बसेर डोरी हल्लाउन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
सलह किरा संकलन गरी वडामा बुझाउनेलाई प्रतिकिलो ५० रुपैयाँका दरले प्रोत्साहन रकम दिने पनि नगरपालिकाले घोषणा गरेको छ ।
