काँग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद स्थगित

दियोपोस्ट संवाददाता

काठमाडौं, असार १७ । संघीय संसदका दुवै सदनबाट नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएको छ ।

दिउँसो १ बजे बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार २२ गते १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको बुधबार बिहान निधन भएको हो ।

सम्बन्धित खबर

सिफारिस