
काठमाडौँ, असार १८ । बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ । बिहीबार बिहान बर्षासँगै परेको चट्याङ लागेर कलैया उपमहानगरपालिका–१२ शीतलपुरका र्दुइ र फेटा गाउँपालिका–१ का दुई गरि चार जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुरस्थित खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेका छन् ।
त्यसैगरी फेटा गाँउमा एउटा घरमा चटाङ लग्दा एकै घरका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको घटानस्थलमै मृत्यु भएको हो ।
चटाङ लागेर घाइते भएका फेँटाका ५ जनालाई कलैया अस्पताल लगिएको छ ।