
काठमाडौं, २३ असार । नेपालमा थप २ सय ४ जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कुल १६ हजार १ सय ६१ जना संक्रमित पुगेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो समय कोरोना संक्रमण घट्दो छ ।
उनका अनुसार २२ गते संक्रमितहरु १ सय ८० जना मात्रै थिए । २२ गते जम्मा ३ दशमलव ८ प्रतिशत मात्रै थिए ।
आज २०४ जनामा देखिनु भनेको ३ दशमलव ३ प्रतिशत मात्रै हो । यसले कोरोना संक्रमण घटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।