सरिता गिरि पार्टीबाट निस्काशित, सांसद पद पनि खुस्कियो !

दियो पोस्ट  

काठमाडौँ, असार २३ । समाजवादी पार्टीबाट सांसद बनेकी सरिता गिरिलाइ पार्टीले कारबाही गरेको छ । देशको स्वाधिनताको बिरुद्ध गएपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरि निष्काशन गरेको हो । कारबाही पश्चात गिरि सांसद पदबाट मुक्त भएकी छिन् ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका एक नेताले बताए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।