चिनियाँ दुतावास अगाडि नेविसघंको प्रदर्शनमा भारतीय दलाल कमान्डर !

दियोपोस्ट संवाददाता

काठमाडौं, असार २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यर्थी संघ (नेविसंघ) को नाममा भारतीय दलालको एक समूहले चिनियाँ राजदूत होउ यान्छीविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको तस्विर सार्वजनिक भएको छ ।

चिनियाँ राजदूत यान्छीले कूटनीतिक मर्यादाविपरीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले दूतावास अगाडि प्रदर्शन गरेको समाचार अहिले बाहिर आइरहेको छ ।

तर, प्रदर्शनमा देखिएका यी व्यक्ति भने भारतीय दूताबासको नाममा दलाली गर्दै आएका सिद्धार्थ गौतम नाम गरेका व्यक्ति हुन् । उनी यसअघि पनि चीन विरोधी प्रदर्शनमा सहभागी हुँदै आएका व्यक्ति हुन् ।

केही वर्ष अघि मधेशी दलका नेताहरुलाई तिब्बती धार्मिक नेता दलाई लामाकहाँ लगेर भेटाएपछि गौतम एकाएक चर्चामा आएका थिए । तर, आज भएको नेविसंघको प्रदर्शनमा गौतमको तस्विर एकाएक सार्वजनिक भएपछि भारतीय दूताबासको योजनामा प्रदर्शन भएको आशंका गरिएको छ ।

गौतमले आफूलाई नेपाल रिपब्लिक पार्टीको अध्यक्ष भन्ने गर्दछन् । यद्यपी राजदूत यान्छीले नेकपाभित्र विवाद जारी रहेकै बेला नेताहरुलाई घरमै गएर भेट्न थाल्नुलाई कुटनीतिक मर्यादा विपरित मानिएको छ ।

गौतम सहभागी भएको प्रदर्शनमा राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित विरोध गरिएको थियो । यान्छीले नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेटवार्ता गरेकी थिइन् ।

सम्बन्धित खबर

सिफारिस