नेकपाको स्थायी समिति बैठक फेरी स्थगित : असार २६ गते तोकियो

दियो पोस्ट  

काठमाडौं, २४ असार । बुधबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक फेरी स्थगित भएको छ । शिर्ष नेताहरुबीच सहमति नबनेपछि पटकपटक बैठक स्थगित भएको छ ।
मंगलबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डबीच ३ घण्टा वार्ता भएको थियो ।

वार्तापछि आज बुधबार स्थायी समिति बैठक बस्ने सहमति भएको सार्वजनिक गरिएको थियो । तर, नेतहरुबीच सहमतिको खाका तयार नभएपछि बैठक थप अन्यौल भएको छ ।

नेकपाको स्थायी समिति बैठक २ दिनपछि अर्थात असार २६ गते बस्ने गरी स्थगित भएको छ ।