सभामुख सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया

दियो पोस्ट  

काठमाडौँ, असार २४ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ । बुधबार काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा उनको दाया आँखाको शल्यक्रिया गरिएको हो ।

उनको शल्यक्रिया वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले गरेको हो ।

सभामुख सापकोटामा केही समयअघिदेखि आँखामा समस्या देखिएको थियो । चिकित्सकको सल्लाहमा आज उनको शल्यक्रिया गरिएको हो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सापकोटा आफैंले बेहोरेको सभामुखको सचिवालयले जनाएको छ।