
काठमाडौँ, असार २६ । ज्योतिष अर्जुन थापा क्षेत्री पुनः पक्राउ परेका छन् । आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव भन्दै करोडौँ रुपैयाँ कमिशन मागेपछि उनि पक्राउ परेका हुन् । क्षेत्रीलाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो ।
नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षेत्रिसहितको टोलीले चार करोड रुपैयाँ मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो ।
उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीनजना अख्तियारको फन्दामा परेका हुन् । क्षत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।