भारतीय गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिए

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार २६ । कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् । बिहीबार पक्राउ परेका दुबेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएको हो ।

प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको भारतीय संचारमाध्यमहरुले दाबी गरेका छन्।

दुबेलाई लिएर आउने क्रममा सो गाडी कानपुर नजिक दुर्घटनामा परेको थियो।

असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी, तीन सब(इन्सपेक्टर र चार कन्स्टेबल मारिएका थिए।

हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।

सम्बन्धित खबर

सिफारिस