नेकपा स्थायी समितीको वैठक एक साताका लागि स्थगित

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति वैठक एक साताका लागि स्थगित गरिएको छ । देशभर भैरहेको बर्षा संगै केही जिल्लाहरुमा ठुलो धनजनको क्षति भएपछि सम्पुर्ण पार्टीपंक्तिलाई उद्धार र राहतमा जुट्न निर्देशन गर्दै स्थायी समिती वैठक स्थगित गरिएको हो ।

‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी के केन्द्रीय कार्यसमितिको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ’, श्रेष्ठले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

नेकपा भित्र दुई अध्यक्षबिच सहमती नजुट्दा पटकपटक स्थायी समिति वैठक स्थगित हुँदै आएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबिच शक्ति वाँडफाँडको विषयमा किचलो उत्पन्न भएपछि पार्टी फुटको अवस्थासम्म पुगेको थियो । पार्टीभित्रका दोस्रो पुस्ताका नेताहरुले दुई अध्यक्षलाई सहमतीमा आउनका लागि सुझाएका थिए ।

विवाद समाधान गर्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल र मन माझामाझ भएपनि दुबै नेता आ–आफ्नै अडानबाट पछि हटेका छैनन् । यद्यपी नेताहरुबीच सहमतिको प्रयास भने जारी रहेको छ ।

सम्बन्धित खबर

सिफारिस