ठेक्का लिएर निर्माण सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सन फेरि कालो सुचिमा

दियो पोस्ट  

काठमाडौँ, असार २६ । सरकारले पप्पु कन्सट्रक्सनलाई पुन कालो सुचिमा राखेको छ । हुलाकी राजमार्गको विभिन्न ठेक्का लिएर समयमै काम सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यलयले पप्पुसँग संयुक्त उपक्रममा रहेको बाम्ती जेभीलाई एक बर्षको लागि कालो सुचिमा राखेको हो ।

सांसद हरिनारायण रौनियारको स्वामित्वमा रहेको पप्पुले सरकारसँग विभिन्न विकास निर्माणका कामहरुको ठेक्का लिने तर समयमै काम सम्पन्न गर्न नसक्ने छवि बनाउँदै आएको छ । हाल उक्त कम्पनी उनका छोरा सुमित रौनियारले सम्हाल्दै आएका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको तथा आयोजनाको काममा गम्भीर लापरबाही गरेको आरोप पप्पुलाई छ । साथै सरकारी स्रोतको दुरुपयोग गरेको पाइएपछि २ वटा आयोजनाले एकैपटक बाम्तीका विश्वास झा सहित रौनियारलाई कालोसूचीमा राखिएको हो ।